सल्यानमा बिवाह गर्दागर्दै मण्डपबाटै प्रहरीले बेहुलाबेहुलीसहित सातजनालाई पक्राउ गरेपछि जन्तिहरुको भागाभाग

ताजा समाचार | प्रकाशित भएको : October 4th, 2019

सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले प क्रा उ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै प क्रा उ गरी प्रहरी हि रा स तमा राखिएको छ ।

प क्रा उ परेका सबैलाई अनुसन्धान गरी मु द्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

त्यस्तै सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५/७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बाल विवाह बढ्दै गएको देखाएको छ ।

सामान्यतया बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानूनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बाल विवाह विरुद्धका विभिन्न प्रयास हुँदाहँदै पनि घटनामा कमी भएको देखिँदैन । यस अवधिमा विभिन्न ३४ जिल्लामा १३७ बाल विवाहका घटनामा १९६ बालबालिकाले विवाह गरेको देखिन्छ । बाल विवाहका घटनालाई हेर्दा पहिलो चौमासिकमा ४६ घटनामा ५६ बालबालिका, दोस्रो चौमासिकमा ४९ घटनामा ३२ र तेस्रो चौमासिकमा ४२ घटनामा ६८ बालबालिकाले विवाह गरेको परिषद्ले जनाएको छ ।

नेपालको संविधानले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अ प ह रण गर्न वा ब न्ध क राख्न पाइने छैन भनेको छ । बाल विवाहका घ ट नाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ११८ ले उमेर नपुग्दै विवाह गरेका छन् भने १८ वर्षभन्दा कम उमेरका दुई बालिकाको विवाह ६० वर्षभन्दा माथिका वृद्धसँग भएको देखिएको छ । साथै ७३ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्