‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्’,बाढीपीडित भन्छन्: विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै !


 

दुई वर्षअघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुबानले घरबारविहीन बनाइदिएको छ ।‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भन्नुभयो, हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै ।

उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु