दशैको मुखमै नेपालथोकमा बस दुर्घ,टना, ३ जनाको मृ,त्यु, ५ जना गम्भीर घा,इते


 

काठमाडौं,१८ असोज । विपी राजमार्गकाे अन्तर्गत काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घ,टना भएको छ ।

शनिबार सुनकोसी गाँउपालिका १ स्थित दुम्जामा मिनी बस दुर्घट,ना हुदा ३ जनाको मृ,त्यु भएको छ भने ५ जना ग,म्भीर घा,इते छन् । काठमाडौंबाट सिरहातर्फ जादैं गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दु,र्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृ,त्यु भएकाहरुको परिचय खुलेको छैन। घाइतेलाई धुलिखेल पठाइएको छ ।

दशैको मुखमा गुरुङ दाजुभाईको सडक दुर्घटनामा निधन, परिवार डुब्यो सोकमा

पोखरामा आज भएको सडक दुर्घटनामा परी दुई जनाको निधन भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृ त घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा ३० घाइते

पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : October 5th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु