
काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए ।
नेप्समा १८ वटा बैंक आवद्ध छन् । जसअनुसार गत भदौ १४ गतेदेखि यी बैंकका कार्ड आफ्नै बुथमा मात्रै घोटेर मात्रै ग्राहकले पैसा निकाल्न सक्थे ।
तर, महिनादिन पछि एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेका छन् ।
‘आजदेखि नेप्समा आवद्ध भएका बैंकहरुबीच एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेका छन्,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘दशैंमा ग्राहकलाई सहज होस् भनेर हामीले तीब्र दबाब दिएका थियौं ।’
नेप्सको सिस्टममा सुधार आएर एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेपछि ग्राहकले राहतको महशुस गरेका छन् ।
प्रतिकृया दिनुहोस्