
1 year ago
धनकुटा – तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवती बे प त्ता भएकी छिन ।
धनकुटा नगरपालिका वडा नम्बर-९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बे प त्ता भएको प्रहरीले जनाएको छ । बे प त्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएको बुझिएकाे छ ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म उनको बारेमा थप जानकारी प्राप्त भएको छैन ।
प्रकाशित भएको : October 5th, 2019
प्रतिकृया दिनुहोस्