नेकपा सॉसद शान्ता चौधरीलाई डेङ्गी


 

नेकपा संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीलाई डेङ्गी लागेको छ। ज्वरो आएपछि उपचारका लागि शुक्रवार अस्पताल पुगेकी चौधरीलाई डेङ्गी लागेको पुष्टी भएको हो।

उनलाई दाङ जिल्लाको गोर्खा अस्पतालमा भर्ना गरिएको छ। उनको उपचार भईरहेको र अवस्था चिन्ताजनक नरहेको केन्द्रिय हज समितिका पूर्ब अध्यक्ष तथा नेकपाका नेता ताज मोहम्मद मियाले जानकारी दिए । सॉसद चौधरीले शुक्रवार फेसबुक स्टाटस लेख्दै आफु अस्वस्थ रहेको कुरा बताएकी थिईन् ।

डेंगुका लक्षण


डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ – असाध्यै टाउको दुख्ने–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने–शरीरमा विमिरा आउने–वाकवाकी लाग्ने– पेट दुख्ने– नाक वा गिजाबाट रगत बग्ने– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपायहरु

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ

पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ –लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

प्रकाशित भएको : October 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु