
काठमाडौं– नेपाल प्रहरीले आजदेखि विजया दशमीको दिनसम्म निशुल्का बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा सवारी साधानको संख्या कम हुने भएकाले यात्रुलाई सहजता प्रदान गर्न प्रहरीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्दैछ । बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म प्रहरीले बस सेवा सञ्चालन गर्नेछ ।
रुट नं १ अन्तर्गत नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।
यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् ।
प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका यातायात सेवा प्रदान गर्दै आएको छ । यसअघिका दशैंमा पनि प्रहरीले सवारी साधन सञ्चालन गर्ने गरेको थियो ।
र यो पनि
दशैंमा सेनाले निशुल्क बस चलाउँदै, यी हुन् गाडी चल्ने रुट
नेपाली सेनाले दसैं टीकाका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सैनिक र गैर-सैनिकको आवागमनलाई सहज बनाउने उद्देश्यले सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको सेनाले जनाएको छ।
सेनाले भद्रकालीलाई केन्द्रविन्दु बनाएर सात वटा रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो।
यस्तो छ रुट:
सेनाले सञ्चालन गर्ने पहिलो रुटमा भद्रकाली – कालिमाटी-कलंकी-नागढुंगा भएर सोहि रुट फिर्ता आउने छ ।
दोस्रो रुटमा, भद्रकाली – बल्खु किर्तिपुर हुदै सोहि रुटबाट फिर्ता हुने छ।
तेस्रो रुट भद्रकाली – बानेश्वर– कोटेश्वर– गठ्ठाघर – सूर्यविनायक हुदै सोहि रुट हुदै फिर्ता हुने छ ।
चौथो भद्रकाली – लैनचौर – महाराजगंज – बुढानिलकण्ठ हुदै सोहि रुट फिर्ता हुने छ।
पाँचौ रुटमा भद्रकाली – चाबहिल – जोरपाटी – थली– साँखु भएर सोहि रुट फिर्ता हुने छ।
छैटो भद्रकाली – बानेश्वर – कोटेश्वर – सातदोबाटो – कलंकी – सितापाइला – बालाजु – महाराजगंज – चाबहिल – गौशाला – एयरपोर्ट – तिनकुने – भद्रकाली हुदै चक्रपथ परिक्रमा गर्नेछ ।
सातौमा भद्रकाली– माइतीघर– नयाँ बानेश्वर – एयरपोर्ट– गौशला– चाबहिल – महाराजगंज– बालाजु – सितापाइला– कलंकी – सातदोबाटो – कोटेश्वर – बानेश्वर हुदै सोहि रुट फिर्ता हुने छ।
प्रतिकृया दिनुहोस्