युवतीले युवकको मोबाइलमा जे देखिन !

ताजा समाचार | प्रकाशित भएको : October 7th, 2019

काठमाडौ । हामीलाई लोभ र मोहले कति बेला कहाँ फसाउने हो कुनै टुंगो छैन । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर पुगेकी किशोरीको यस्तै विदेश जाने लोभले जीवन लाई नै फसाएको छ । नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए ।

युवतीलाई विदेशको मोहले तान्यो । असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अन्तरंगको फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले उल्टै ध’म्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु भने ।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो । प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर आफ्नो शारिरीक इच्छा पुरा गरेको थियो ।

यस्तै अर्का लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको रहेछ । उनी मात्र ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवासँग सबैथोक भयो । अन्तरंगहरु सहमतिमा नै भिडियोमा कैद भए । पछि त्यही भिडियो सार्वजनिक गर्ने भन्दै उनलाई बारम्बार भोग गर्न युवा सक्रिय भइरहे । अति भएपछि किशोरी उजुरी लिएर प्रहरीकोमा पुगिन् ।

उजुरीपछि प्रहरीले ती युवालाई प्रहरीले पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने भन्दै बारम्बार इच्छा पुरा गर्ने अभिलासाले मात्र यो हर्कत गरेको हुँ । उनले बयान दिए । ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीचको कहानी हो यो । उनीहरुको फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

‘मलाई शारिरीक इच्छा पूर्तीका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी ।

परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे ।’ प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अन्तरंगका भिडियो पठाए । १६ वर्षकी ती किशोरीले जब’र्जस्ती क’रणी र सा’इबर अप’राधमा मुद्दा दिएकी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

फेसबुकमा हामीसँग जोडिनुहोस्

प्रतिकृया दिनुहोस्