पाँचथरमा सुँगुरको मासु खाँदा दुई जनाको ज्यान गर्यो दुई जनाको अवस्था सिकिस्त


 

पाँचथर फिदिम–सँुगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका दुईजना कैदिबन्दिको ज्यान गएको छ । २ जनाको अवस्था सिकिस्त रहेको छ ।

आइतबार राति सुँगुरको मासु खाएर विरामि परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार दिउसो ३ वजे उपचारको क्रममा मृत्यु भएको हो ।

विरामि परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१० याङनामका अन्दाजि ३३÷३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
उनको गयराति १२ वजेको समयमा ज्यान गएको वताइएको छ । यस्तै मासु खाएर कुम्मायक गाउपालिकाका अन्दाजि २९÷३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राईपनि विरामि परेका छन् । उनीहरुको अवस्थापनि सिकिस्त छ ।

उनीहरुको बिएण्डसि अस्पताल विर्तामोडमा उपचार भईरहेको छ । दशैँको अवसरमा उनीहरुले आइतबार कारागार भित्रै सुँगुर ल्याएर काटेको र मासु खाएका थिए । त्यसपछि सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा केरुङको सोमबार दिउँसो ३ वजे निधन भएको र जवेगुको गयराति ज्यान गएको पाँचथर प्रहरीका सुचना अधिकारी अनिलकुमार पौडेलले वताउनुभयो । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : October 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु