दशैँको टीका लगाएर घर नजिकै पिङ खेल्न गएका बालकलाई चितुवाले खायो, परिवारमा रुवाबासी


 

चितुवाको आ क्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको निधन भएको छ । निधन हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् । घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आ क्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

“दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आ क्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भन्नुभयो, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।” भानु नगरपालिकामा यसअघि पनि चितुवाको आ क्रमणबाट बालबालिकाको निधन भएको छ । चितुवाको आ क्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको निधन भएको थियो ।

प्रकाशित भएको : October 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु