
काठमाडौं । के तपाई खाना पकाउनुहुन्छ ? यदि पकाउनुहुन्छ, भने हामी तपाईंलाई के भन्न जाँदैछौं यसलाई ध्यानपूर्वक पढ्नुहोला । यदी तपाई पकाउनुहुन्न भने पनि ध्यान दिनुहोस् । यो कुरा तपाईंको आफ्नै लागि होईन भने पनि तपाईंको परिवारको लागि यो जानकारीमुलक हुनसक
झारखंडमा बस्ने एउटी महिलाले खाना पकाउँदा एउटा डर’लाग्दो दुर्घटना भयो । उनी आफ्नो भान्छामा खाना पकाउँदै थिइन् । दाल कुकरमा बसालेकी थिइन्
जब उनी कुकर जाँच गर्न कुकरतर्फ झुकिन् तब समस्या उत्पन्न भयो । अचानक कुकरको ढक्कन खुल्यो र सीटी सिधा महिलाको आँखामा लाग्यो । सीटी यति छिटो थियो कि महिलाले आफूलाई बचाउन सकिनन् ।
सीटी आँखा र मस्तिष्कको बीचको हड्डीमा फसेको थियो । महिलालाई तुरुन्त रांचीको एउटा निजी अस्पताल लगियो । डाक्टरहरूको एउटा टोली यस अपरेशनमा सहभागि भयो ।
टोलीमा आँखा, मस्तिष्क र ईएनटीका सर्जनहरू थिए । अपरेशन तुरून्त गरियो । महिलाको आँखामा पसेको सीटी ठूलो प्रयासपछि हटाईयो । डाक्टरहरु सीटी बाहिर निकाल्न सफल भए तर महिलाको आँखाको ज्योति फर्कने अवस्था भने छैन ।
यस अपरेशनमा, डाक्टरहरूको अगाडि सबैभन्दा ठूलो चुनौती भनेको जति सक्दो चाँडो सीटी हटाउनु थियो । किनभने यदि सीटी समयमै हटाईएन भने, संक्रमण दिमागमा पुग्न सक्थ्यो । महिलाको आँखा बाहेक अन्य भागमा कुनै क्षति भएको छैन । अपरेशन सफल भयो तर अब उनले आँखाको ज्योति फिर्ता आउँनेछैन ।
प्रतिकृया दिनुहोस्