सीको स्वागतमा आइतबार सार्वजनिक बिदाको घोषणा


 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार राजकीय भ्रमणको दोश्रो दिन आईतबार बिदा दिने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति सी आज चार बजे नेपाल आइपुगेका छन् । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको बताइएको छ । सीको भ्रमणलाई लिएर सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ। अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ । असोज २६ गते आइतबारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरु सार्वजनिक सङ्घ संस्था र निकायहरु शिक्षण संस्थाहरु एवम् विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा निर्णय गरिएको छ ।

दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

अन्तिम पटक अपडेट गरिएको : October 12th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु