गुल्मी मै भेटियो प्लाष्टिकको चामल(भिडियो सहित)


 

गुल्मीमा प्लाष्टिकको चामल बिक्रिवितरण भइरहेको दावी गर्दे केही भिडियो सामग्री शेयर भएको छ । बिगत केही समय पहिले भारतमा प्लाष्टिकको चामल बजारमा भित्रिएको भन्दै हल्ला चलेको थियो । दुई वर्ष अघि दशैं तिहारको समयमा काठमाडौंमा पनि प्लाष्टिकको चामल फेला परेको भन्दै केही पसलमा छापा समेत मारिएको थियो । तर सो खबर पुष्टि भने हुन सकेन । प्लाष्टिकको चामलबारे हल्ला मात्र भए । अहिले फेरी गुल्मीमा प्लाष्टिकको चामल फेला परेको भन्दै भिडियो सार्वजनिक गरिएको छ ।

हालसालै गुल्मी जिल्लाको चन्द्रकोट ८ मजुवामा प्लाष्टिकको चावल बिक्रिवितरण भएको दावी गरिएको छ । गुल्मी जिल्लामा प्लाष्टिकको चावल भेटियो भनेर केही स्थानियहरुले भिडियो बनाई युटुवमा अफ्लोड गरेका छन् । उक्त चावल प्लाष्टिककै हो वा अन्य कुनै भन्नेबारेमा परिक्षण गरे पछि मात्रै पुष्टि हुने छ । सोनाम मसिनो चावलको बोरामा बालाजी खाद्यन्न भण्डार भैरहवाद्धारा उत्पादन गरिएको चावलमा यस्तो पाईएको उक्त भिडियोमा दावी गरिएको छ ।

अन्य समाचार — ग्रहण लाएको बेला के गर्न हुँदैन ?
चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ । धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको छ –‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।’ मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न हुँदैन ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु