
1 year ago
२४ असोज, बनेपा । सिन्धुपाल्चोकमा दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएकै बेला काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृ*त्यु भएको छ । पन्ध्र जना घा इ ते भएका छन् ।
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दु र्घ ट ना भएको हो ।
मृ*त्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मु*त्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।
सिन्धुपाल्चोक दुर्घटनामा उपचार गराइरहेकाहरुको केही तस्विरहरु


प्रकाशित भएको : October 11th, 2019
प्रतिकृया दिनुहोस्