सी चढेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण


 

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्।

भारतको चेन्नईबाट उडेको सी चढेको एयर चाइनाको विषेश जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुन्।

त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको सीको विशेष विमान ।

त्रिभुवन विमानस्थलबाट तिनकुनेकोबाटो हुँदै सी सोल्टीमोडमा रहेको सोल्टी होटलमा पुग्नेछन् । उनको स्वागतको लागि त्रिभुवन विमानस्थलको एयरपोर्ट गेटदेखि तीनकुने सम्म राष्ट्रसेवक कर्मचारीलाई नेपाली पोशाकमा खटाइएको छ । ठाउँ ठाउँमा स्वागतको लागि गेटहरु राखिएको छ भने बिजुलीका पोलहरुमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका तस्विरहरु टाँगिएका छन् । सडकलाई पुरै बेहुलीजस्तै सिँगारिएको छ ।

अपराह्न ४:३० बजे अवतरण गर्ने कार्यसूची रहे पनि राष्ट्रपति सी सवार विमान निर्धारित समयभन्दा २० मिनेट अगावै काठमाडौं आइपुगेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका राष्ट्रपति सीलाई विमानस्थलमा भव्य स्वागत गरिदैछ ।

हेर्नुहोस सी आउनुअघि तिनकुनेमा देखिएको दृष्य

प्रकाशित भएको : October 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु