काठमाडौंमा सीको रात्रीभोजः लुक्लाको सिमीसँग साँधेको भटमास


 

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइने छ ।

मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ ।

मेन्यू अनुसार अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।

हेर्नुहोस् रात्रीभोजको मेनु

रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् । नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

प्रकाशित भएको : October 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु