अपाङ्ग भनेर हेप्दा रुन मन लाग्छ, खुट्टाको सहाराले स्वर्णिम अक्षर कपीमा कोर्दै


 

ताजा समाचार । असोज २५, काठमाडौं 

उमेरले उनी २२ वर्षकि भईन । उनी अहिले कक्षा ६ मा पढ्छिन । जन्मजात अपाङ्ग भएकी उनको दुवै हात चल्दैन। उठेरै खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छिन । सो कक्षाकि उनि अब्बल विद्यार्थी हुन् ।

उनि हुन् दोलखा को ढुंगेश्वारी माध्यामिक विद्यालय जिरी –५, ढुंगेश्वारीकि छात्रा कान्छी जिरेल । जिरी नगपालिका ४ निवासी रिफले जिरेल र तुला माया जिरेलको कोखबाट जन्मिएकी कान्छी पढेर ठुलो मान्छे हुने बताउछिन । सपाङ्ग भएर मात्र मानिसहरु सक्षम हुन्छन् भन्नेहरुलाई उनको सक्षमताले चकित पारेको छ ।

खाना खुवाउन र दिशा पिशाव गराउन मात्रै उनको समास्या हो । उनले खुट्टाकै सहायताले लेख्ने मात्र होइन मोबाइल चलाउने लुगा धुने समेत गर्छिन । सामान्य किशान परिवारमा जन्मेकी कान्छीको ६ दिदिबहिनि भने सपाङ्ग नै छन् । गाउ देखि बिद्यालयसम्म पुग्न उनलाई १ घण्टा लाग्ने उनकी आमा बताउछिन । उनि जंगलको बाटो हुदै बिद्यालय पुग्ने गर्छिन । आफुसंगै पढ्ने साथीहरुले अपाङ्ग भनेर छेउमा बस्न नदिदा मन दुख्ने उनले बताईन ।

बिद्यालयका शिक्षक माधब जिरेलका अनुसार उनको पढाई राम्रो भएपनि उनले लेख्दा उठेर लेख्ने भएको कारण उनलाई धेरै असजिलो हुने भएको बताए । उनको बोलि पनि अशुद्ध भएका कारण शिक्षकहरुले पढाएको कुरा बुझेको नबुझेको भन्ने थाहा पाउन गाह्रो भएको शिक्षक जिरेल बताउछन ।

खातावालाको नाम – कान्छी जिरेल प्राईम बैंक लिमिटेड खाता नम्बर – 00800449PD सम्पर्क नम्बर – ९८१२०२०१३५ च्यानल मार्फत सहयोग गर्नको लागि – ९८०३४६९७६६

प्रकाशित भएको : October 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु