जापानमा शक्तिशाली ताइफुन, जापानमा रहेका नेपालीहरुलाई आग्रह घरभित्रै बस्नुहोस्, सुरक्षित रहनुहोस् ।


 

ताजा समाचार । २५ असोज, काठमाडौं

जापानमा शक्तिशाली ‘ताइफुन’ आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ । ताइफुनको पूर्व सूचना भएर पनि तयारी गरेर बसेकाहरु त्रासमा बाँचिरहेका छन् । यो ताइफुन आकार, गति तथा प्रभावको आधारमा हालसम्मकै शक्तिशाली रहने अनुमान गरिएको छ ।

हगिविस भनेर चिनिने यो टाइफुनले तोकाई तथा कान्तो क्षेत्रमा हिंसात्मक असर देखाइसकेको छ । शनिबार विहानैबाट सिजुवका तथा चिबा केनमा भौतिक तथा मानवीय क्षतिका घटनाहरु घटेका छन् । १० औं हजार घरहरुमा विद्युत आपूर्ति बन्द भइसकेको छ ।

सिजुवका हुँदै ग्रेट टोकियो तर्फ अघि बढिरहेको ताइफुन रातिमा अझ खतरनाक रुप लिने अनुमान गरिएको छ । सिजुवका, चिवा, कानागावा, गुन्मा तथा टोकियोका केही स्थानहरुहाई अलर्टमा राखिएको छ । ताइफुनका कारण अहिलेसम्म दुई/तीन जना वेपत्ता भएको र सयौं व्यक्ति घाइते भएका छन् । जापानमा यत्ति ठूलो विपत्ती आइपर्दा पनि, जापानमा रहेका नेपाली दुतावासले नेपालीहरुलाई सुरिक्षत हुन र केही भए दुतावासमा सम्पर्क गर्न भनि सामान्य विज्ञप्ती समेत ननिकालेको भन्दै जापान बस्ने नेपालीहरुले राजदुत र दुतावासका कर्मचारीहरुको आलोचना गरिरहेका छन् ।

ताइफुका कारण मध्य जापानको तोकाई क्षेत्र र टोकियो महानगर क्षेत्र सहित कान्तो–कोशिन क्षेत्रमा आउने ठूलो हावाहुरीले घरहरुमा क्षति पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ । शनिबार जापानभरका धेरै शिनकानसेन ट्रेनहरु रोकिएका छन् भने स्थानीय तथा लामो दुरिमा चल्ने ट्रेनहरु पनि चलेका छैनन् । सडक यातायातहरु चलेका भएपनि सम्भावित जोखिमलाई कम गर्न विभिन्न हाइवेहरु बन्द गरिएका छन् । जापानका मुख्य विमानस्थलहरुबाट अन्यत्र जानेआउने राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि हजारौं उडानहरु रद्द गरिएका छन् ।

जापान मौषम एजेन्सीका अधिकारीहरुले सुरक्षित रहन सबैमाझ निरन्तर अनुरोध गर्दै आइरहेका छन् । जापानमा ९० हजार बढी नेपालीहरु रहेको तथ्याङ्क छ । जसमध्ये ताइफुनले सबै भन्दा बढी प्रभाव पार्ने भनिएको जापानको राजधानी टोकियोमा मात्र २७ हजा भन्दा बढी नेपालीको बसोबास छ ।

प्रकाशित भएको : October 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु