सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च


 

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि भइरहेको दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।

नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।

अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

र यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपतिका लागि बुक गरिएको सोल्टी होटेलको भाडा कति ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा पुरै रिजर्भ गरिएको छ। २ सय ८२ वटा कोठा भएको साेल्टी होटल सीको भ्रमणका लागि नेपाल सरकारले तीन दिनका लागि बुक गरेको छ ।

सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । बुक गरिएका २ सय ८२ वटा कोठामा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द भएका छन् ।

सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जसअनुसार सबै कोठाको तीन दिनको भाडा लगभग एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् । होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो। माथिको लागतमा होटलको कोठाको भाडा मात्र जोडिएको हो । त्यसमा रात्रिभोजको खर्च र चिनिया प्रतिनिधिमण्डलको खाना खर्च जोडिएको छैन । यो सबै जोड्दा नेपाल सरकाले सोल्टी होटललाई २ देखि अढाई करोड रुपैया तिर्नुपर्ने देखिएको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतमा बेहुलीझैँ सिँगारिएको काठमाडौंको सडक हेर्नुहोस भिडियोमा

Subscribe our Channel for more Videos

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु