बलिउड अभिनेता सलमान खानलाइ फेरी अर्को बज्रपात, घरमै घट्यो नमिठो घटना


 

एजेन्सी । भारतीय नायक सलमान खानले होस्ट गर्दै आएको रियालिटि शो कार्यक्रम बिग बोस विवादमा परेको छ । भारतको चर्चित रियालिटी सो बिग बोसको १३ औं सिजन सुरु भएपछि विवादित भएको हो । सिजन १३ दुई साता अघिवाट सुरु भएको हो । कार्यक्रम सुरु भएपछि विवादित हुँदै आएको विषय अझै सेलाएको छैन । अब त यो कार्यक्रमको विरोधमा अभिनेता सलमान खानको घरबाहिर समेत प्रदर्शन हुन थालेको छ । सलमानको घरबाहिर भएको प्रदर्शनमा २० जनाभन्दा धेरै पक्राउ परेका छन् ।

यो कार्यक्रममा आपत्तिजनक दृश्य देखाइएको भन्दै सर्वसाधारण विरोधमा उत्रिएका हुन् । त्यसो त भारत सरकारले यो सोलाई प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि बढेको जनाइएको छ । कार्यक्रममा देखाइएका दृश्यहरु भारतीय संस्कृतिको विरुद्धमा भएको भन्दै विरोध जनाइएको हो । भारतीय अनलाइन पोर्टल बलिउड हंगामाका अनुसार सलमान खानको घरबाहिर भएको प्रदर्शनबाट २० जना पक्राउ परेका हुन् ।

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु