सभामुखको हैसियतमा थुप्रै पटक भेटेका चिनियाँ राष्ट्रपतिलाई अहिले भेट्न नपाउँदा महराको बारेमा आयो प्रहरी हिरासतबाट यस्तो खबर


 

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी यतिबेला नेपालमा छन् । उनी दुईदिने राजकिय भ्रमणका लागि नेपाल आएका हुन् । सभामुखको हैसियतमा थुपैपटक सिलाई भेटेका कृष्णबहादुर महरा भने यतिबेला प्रहरी हिरासतमा छन् । महिला कर्मचारीमाथि  गरेको आरोपमा प्रहरीले उनलाई असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

महरा चीनसँग नजिकका नेता मानिन्छन् । तर, विडम्बना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा उनी प्रहरी हिरासतमा छन् । २३ वर्षपछि चीनबाट राष्ट्रपति नेपाल भ्रमणका लागि आएका हुन् । यस्तो ऐतिहाँसिक समयमा आफुले भेट गर्न नपाउँदा उनी निकै दुखी भएको बताइएको छ । सि को स्वागतमा अहिले पुरै नेपाल लागेको छ ।

तर, महरा भने महिलामाथिको आरोपमा प्रहरी हिरासतमा छन् । सभामुखको हैसियतामा उनले धेरै पटक चीनको औपचारिक भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदापनि उनलाई भेट्न नपाउँदा महरा दुःखी रहेको स्रोतको दाबी छ । उनी यतिवेला प्रहरी हिरासतमा पुस्तक अध्ययन गरेर दिन काटिरहेका छन् । उनलाइृ भेट्न अहिलेसम्म कोही पनि नेता गएका छैनन् । हुन त उनले पनि कसैलाई भेट्न नचाहेको बुझिएको छ ।

स्वास्थ्यमा केही समस्या आएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको श्वाँसप्रश्वासँमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालबाट उनीसँग प्रहरीले पहिलो चरणको बयान समेत लिईसकेको

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु