थारू समुदायमा गोठाले तथा कुँड्अ पावनकाे राैनक


 

माेरङ / आज पूर्वी नेपालका थारू समुदायमा गोठालेकाे राैनक देखिन थालेकाे छ । यस दिन थारूहरू खाेला नालामा जाल-जुम्ठ अनि खाेङ्ही लिएर माछा मारिरहेकाे  देख्न सकिन्छ । अरू दिन भन्दा यस दिन माछा मारेर खानुकाे बेग्लै महत्व रहेकाे छ भने विषेस गरी गाेठालेकै दिन खाने परिकार बगियाकाे बेग्लै महत्व रहेकाे छ । । दशैको ६ दिन पछि याे पर्व थारू समुदायमा हर्षाेउल्लाहासका साथ मनाइन्छ । गाेठाले संगै पुर्वका थारू समुदयहरूमा कुँड्अ पावन पनि मनाउने गरिन्छ भने मध्य तथा पश्चिमा थारूहरूले काेच्वा पावन बनाउने गर्छन् । पछिल्लाे समय कुँड पावन लाेप हुँदै गएकाे छ । गाेठालेकाे अवसरमा विभिन्न साँस्कृतीक कार्यक्रमहरूकाे अायाेजना गर्ने गरिएकाे छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन थारु समुदायहरूले मनाउने यो पर्वमा गाँउका सबैजना खोलामा गएर माछा मार्ने र माछा बाँडचुड गरेर साँझमा आफन्तहरु लाई बोलाएर माछाका विभिन्न परिकार र बगिया खाएर रमाईलो गर्ने गर्दछन् । दशैको ६ दिन पछि यो पर्व प्रत्येक बर्ष मनाइन्छ । मोरङ सुनसरी थारू लगायत सप्तरीया, रजघरिया, कोचिला, हेलझेलिया, रौतार, खडेर, राजधामी थारूले मनाउने चलन रहेको छ ।

निरा भगत

के हाे गाेठाले पर्व ?

नेपालको मौलिक सम्पत्ति भनेको यस देशका जनताको विविध सांस्कृतिक—धार्मिक परम्परा तथा प्रचलनयुक्त परम्पराहरू रहेको छ।
सांस्कृतिक तथा धार्मिक मूल्य—मान्यता एवं विश्वासहरू रहेर पनि विविधतामा एकता छ र एकताभित्र विविधता अटाएको छ । एउटै धर्म सम्प्रदायभित्र पनि सांस्कृतिक र धार्मिक प्रचलन फरक—फरक रहेको पाइन्छ । यसरी फरक संस्कृतिको बीचमा पनि अत्यन्त सौहार्दपूर्ण धार्मिक एवं सांस्कृतिक सहिष्णुता रहेको छ । हिन्दु धर्म सम्प्रदायभित्र विभिन्न जातिमा सांस्कृतिक मूल्य—मान्यताहरू फरक रहन्छ । त्यसमा एउटै थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थारु समुदाय बीचमा पनि सांस्कृतिक परम्परामा मतभिन्नता रहेको पाइन्छ । थारु वंशजको खोज अनुसन्धान गर्दा त्यसमा रहेको विविधता पाउन सकिन्छ । थारु समुदायभित्र रहेका विभिन्न थरहरू जस्तै— चौधरी थारु,राना थारु, खाँ थारु, भगत थारु, मोदी थारु आदि,इत्यादि ती विविधताको खोज यस लेखमा नगरिने हुँदा यहाँ पूर्वीय थारु समुदायले मनाउने गरेको तर सरकारी प्रचार नभएको, ठूलो महत्त्वको पर्व भएर पनि ओझेल परेको पर्वको नाम हो– गोठाले पर्व ।

यो गोठाले पर्व द्वापरयुग श्री कृष्ण भगवनाको पालादेखि मनाउँदै आएको पाइन्छ । अपवादमा बाहेक थारु समुदायको मूल पेसा कृषि एवं पशुपालन नै रहेको र कृष्ण भगवान पनि गोठाले भई गाईवस्तु चराउने तथा गाईवस्तुको संरक्षण गर्ने गरिएको हुँदा कृष्ण भगवानको पालादेखि गोठाले पर्व मनाउने प्रचलन आएको मानिन्छ । गो भनेको पहाडी समुदायमा गाई अर्थ लाइन्छ, कानुनले पनि त्यही भन्छ । थारु समुदायमा गो को अर्थ गोरु मानिन्छ । यसबाट गो भनेको गोरु र ठाले भनेको स्थान, ठाउँ मानिन्छ । यसबाट गोरु रहेको स्थानको पर्व भन्ने बुझिन्छ । किसानको लागि गोरु पालनकर्ताको रूपमा रहन्छ । द्वापर युगमा सबै जमिन पानीले भरी गाईगोरुलाई असुविधा हुँदा गोबर्धन पर्वत बनाएर श्री कृष्ण भगवानले रक्षा गरेको धार्मिक ग्रन्थमा पाइन्छ । यो गोठाले पर्व थारु समुदायले हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन मनाउने गर्छन् ।

दसैंको टीका विसर्जनपछि आउने कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ । लक्ष्मीको बास भएपछि वर्षदिन भरिसम्म भोकमरी आउँदैन । सबैमा खुसी आउँछ । मंगलै—मंगल हुन्छ, कुनै अनिष्ट आउँदैन, त्यसैले सबै सुखी र खुसी रहन पाइन्छ भनी त्यो पर्वमा उत्साह आउँछ । सानै उमेरमा विवाह गरी घरमा गएका छोरीहरू, दिदीबहिनी, चेलीबेटी त्यो दिन माइत आएछन् । माइतमा आउँदा घुम्टो ओड्नु पर्दैन । कुमारी हुँदाकै जस्तोगरी हाँसीखुसी आफ्नो दिदीबहिनी, साथीसंगिनी भेट हुने, रमाइलो गर्ने, दु:खसुखका कुराहरू एकअर्कामा सुनाउने । सुखदु:ख बाँड्ने पर्वको रूपमा पनि लिइन्छ । त्यो दिन थारुहरूको मौलिक परिकार बनाएर इष्टमित्र, नातागोता सबैलाई खुवाउने, बाँड्ने प्रचलन पनि रहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु