
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्कने तयारीमा रहेका छन् । उनलाई भव्य बिदाइ पनि भइरहेको छ । तर, यसै क्रममा एउटा अनौठो घटना भएको छ ।
सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा स र्प हिँडेको तस्बिर बाहिर आएको छ ।
सर्प देखिएपछि सुरक्षाकर्मीले स र्प भगाएका थिए । यसअघि पाँच दिने अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा २०७५ साल चैत १ गते राष्ट्रपतिलाई स्वागत गर्नको लागि विच्छाइएको कार्पेटमा स र्प देखिएको थियो ।
थप जानकारी
भिडियोमा हेर्नुहोस दरबारमार्गको भिषण आगलागी
नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा झाँकीसहितको टोलीले विदाइ गरेको थियो । माइतीघरदेखि नयाँ वानेश्वरसम्मको क्षेत्रमा निजामती कर्मचारीले सडक पेटीमा बसेर विदाइ गरेका थिए ।
२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय भ्रमणलाई उच्च प्राथमिकता दिँदै विशेष सम्मानका साथ बिदाई गर्न लागिएको सरकारले जनाएको छ ।
सर्पका ५ तस्विर
हेर्नुहोस त्योबेलाका भिडियो
प्रतिकृया दिनुहोस्