कवाडी सामान खरिद गर्ने भारतीय नागरिकले ३५ वर्षिया महिलालाई बला त्का र गरे


प्रतिकात्मक तस्विर ।
 

ताजा समाचार, २६ असोज संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका ४ मा एक जना महिला बला त्कृ त भएकी छिन् । आइतबार बिहान करिब ९ बजे ३५ वर्षिय महिला बला त्कृ त भएकी हुन् । भारतीय नागरिक सफिकुल मियाँले बला त्का र गरेको प्रहरीले जनाएको छ ।

भारत माल्द जिल्ला नमुनियाका ३९ वर्षका मियाँले घर नजिकै बाटोमा हिाडिरहेको अवस्थामा महिलालाई बला त्का र गरेको प्रहरीले जनाएको छ । उनी ८ वर्ष अघि देखि कवाडी सामान खरिदका क्रममा संखुवासभाको मादी आउने जाने गरेका थिए । पी डित महिलाको मान सि क सन्तुलन समेत ठि क नभएको बताइएको छ ।

स्थानीयले बला त्का र गरिरहेको देखेपछी रं गे हात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको मादी प्रहरी चौकीका हवल्दार राजेश चौधरीले जानकारी दिए । थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय चैनपुर पठाईएको छ ।

रुकुममा १९ वर्षिय युवक बला त्का र आ रो पमा पक्राउ

रुकुम पश्चिम — १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी उनकै नग्न फोटो खिचेको आरोपमा बाँफीकोट गाउँपालिका–५, का १९ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २ गते राति विकले घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बला त्का र गरेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्विर वेवबाट ।

घटनाबारे कसैलाई भने नग्न फोटो र भिडियो देखाइदिने भन्दै धम्क्याएका कारण उजुरी ढिला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका दाइले शुक्रबार मात्रै घटनाबारे प्रहरीमा उजुरी दिएका थिए । उजुरी आएको दुई घण्टाभित्रै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु