काठमाडौंको दरबारमार्गमा आगलागी


 

२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । एलिस रेष्टुरेन्ट रहेको भवनको माथिल्लो तलामा आगलागी भएको हो । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन । लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमासारिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। साँझ साढे ६ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको बताइएको छ ।

र यो पनि पढ्नुहोस् : अपडेटः दरबारमार्गको सडक पूरै ठप्प, आगो नियन्त्रण बाहिर

हेर्नुहोस केही तस्विरहरु

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु