अपडेटः दरबारमार्गको सडक पूरै ठप्प, आगो नियन्त्रण बाहिर


 

काठमाडौं– काठमाडौंको दरबारमार्गमा भएको भीषण आगलागी नियन्त्रण बाहिर पुगेको छ ।

भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी र दुई वटा दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो नियन्त्रण लिन सकिएको छैन ।

एलिस रेष्टुरेन्ट रहेको भवनको माथिल्लो तलामा आगलागी भएको हो । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन । लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । साँझ साढे ६ बजेदेखि सुरु भएको आगलागीले गर्दा दरबारमार्ग सडक पूरै ठप्प पारेर आगलागीको नियन्त्रणको प्रयास गरिएको छ । माथिल्लो तलामा आगलागी भएको कारणले गर्दा पनि निभाउन केही सम्स्या भइरहेको छ ।

हेर्नुहोस केही तस्विरहरु

आगलागीबाट भएको क्षतिबारै विस्तृत विवरण आउन बाँकी छ ।

दरबारमार्गको भिषण आगलागी हेर्नुहोस भिडियोमा

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु