रातारात हटाइए सीको स्वागतका लागि रखिएका ब्यानर र फोटाहरु


 

ताजा समाचार, २६ असोज काठमाडौं ।

२ दिने भ्रमणमा नेपाल आइपुगेका चिनिया राष्ट्रपति सीजिनपिङ्ग नेपालबाट स्वदेश फिर्ता भएको केही घन्टा बित्न नपाउँदै राजधानीका सडकमा राखिएका ब्यानर र तस्विहरु हटाउन थालिएको छ ।

आज बेलुका बानेश्वर माइतिघर सडकखण्डमा बिजुलीका पोलमा राखिएका तस्विर हटाउँन केही मानिसहरु भ्यारङ्ग सहित हिडिरहेको देखिन्थयो ।

सी हिड्ने बाटोमा रहेका बिजुलीका पोलहरु राष्ट्रपतिद्वय सी र भण्डारीका तस्विहरुहरु झुण्डाइएको थियो भने ठाउँ ठाउँमा ठूला फ्लेक्स बोर्डहरुले लाज ढाक्ने काम गरिएको थियो ।

बिजुलिका पोलमा राखिएका राष्ट्रपतिद्वयका तस्विरहरु ।

बिजुलीबजारमा बन्दै गरेको आर्क ब्रिज र तिनकुनेमा रहेका पुलको वरिपरी राखिएका ठूला फ्लेक्स बोर्डहरु च्यातिएको जस्तो अवस्थामा देखिन्थे ।

केही समयअगाडी नेपालमा प्रधानमन्त्रीका तस्विहरुपनि यसरी बिजुलीका पोल पोलमा झुण्डाइएका थिए तर केही दिनपछि ती तस्विहरु भुईमा लत्रिन पुगे अनि पैदलयात्रा गर्ने सर्वसाधारणका पैतालाले किचिन पुगे । योपाली पनि राष्ट्रपति जस्तो सम्मानित पदमा रहेका व्यक्तिहरुको तस्विहरुहरु भुइमा नझरुन भन्नको लागि बेलैमै हटाइएको हुनसक्छ ।

प्रकाशित भएको : October 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु