हरेक मानिसहरु स्वाभाव नै त्यस्तै हो पहिला मजा लिएर हेर्छन पछि छि-छी गर्छन-सरस्वती लामा


 

पछिल्लो समय रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । “उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् ।

उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भ ल्गर’ गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। ‘

धेरै मानिसहरु छन्, जो आउँछन्, सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले ‘सरस्वती उच्छृङ्खल छे’ भन्छन् ‘, उनले भनेकी छिन्।

गायिका सरस्वती लामा : अङ्ग देखाउँदै, युवा भड्काउँदै

‘उडि जाने हावाले’ गीतमार्फत गायक क्षेत्रमा छिरेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्छिन् । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भ ल्गर’ गायिका भन्छन् । उनले सोमबार दाङ्ग यस्तै हर्कत देखाइन् । उनको त्यो भद्धा प्रस्तुती भद्र मानिसका लागि लाजमर्दो देखियो । माघीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सरस्वतीको अ ङ्ग प्रदर्शनबाट भड्किएका युवाहरुले थप उधुम मच्चाए ।

उनीहरुले गायिका लामा समाउन र लौरोले घोच्न समेत भ्याए । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सीमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् । यस्तै चर्चा कमाउनेमध्येकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाजभित्र यिनै अनुहारहरुको प्रस्तुतीले हरेकका चेतहरु भङ्ग गर्दै जबजरस्ती आकर्षणको फराकिलो बजार निर्माण भइरहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : December 27th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु