
ताजा समाचार । २७ असोज, काठमाडौं :
पति छविराज ओझाविरुद्ध सम्बन्ध विच्छेदको मु द्दा दिएर एकाएक गायब बनेकी नायिका शिल्पा पोखरेले फोटो पत्रकार विकास रौनियारकोमा दशैंको टीका लगाएका तस्विरहरु सार्वजनिक भएका छन् ।
सार्वजनिक भएका तस्विरहरुमा प्रहरीको फरार अभियुक्त्तको सूचीमा रहेकी शिल्पा पोखरेलले सम्झना उप्रेती (विकास रौनियारकी श्रीमती)को हातबाट टिका लगाउँदै गरेको देख्न सकिन्छ ।
उच्च अदालत पाटनको आदेशबाट प क्राउ पर्नबाट बचेकी शिल्पाले यसपटक दशैं निर्देशक सम्झना उप्रेती रौनियारको घरमा मनाएकी छन् । सम्झनाका श्रीमान् फोटोग्राफर विकास रौनियारलाई शिल्पाले दाजु मान्दै आएकी छन् ।
सार्वजनिक भएको एक सेल्फीमा सम्झना रौनियार र शिल्पा पोखरेलको निधारमा दशैंको टीका देखिन्छ भने विकास रौनियारको निधार खाली छ ।
छवि र शिल्पाविरुद्ध अदालतमा मुद्दा छ । दुवैलाई बहुविवाह गरेको मुद्दा परेकाले अहिले फरार छन् । फरार रहेतापनि उनी विभिन्न म्यूजिक भिडियोहरुमा काम गर्दै आइरहेकी छिन् ।
प्रतिकृया दिनुहोस्