दशैं सकिनसाथ घट्न थाल्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ


 

ताजा समाचार । २७ असोज, काठमाडौं :

दशैं सकिएलगत्तै सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको छ । कोजाग्रत पूर्णिमाको दिन अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला तीन सयले घटेको थियो ।

सोमबार (आज) भने एक सयले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

फाइल तस्विर ।
प्रकाशित भएको : October 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु