पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृ त्यु, ज्यान गुमाउनेको संख्या ३ पुग्यो


 

ताजा समाचार । २७ असोज, काठमाडौं :

सुँगुरको मासु खाएर शक्त विरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराती मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हष्पिटलमा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

राई सँगै सुगुँरको मासु खाएर मृ त्यु हुनेको संख्या ३ पुगेको छ । गत असोज १९ दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको यसअघि नै मृ त्यु भइसकेको छ ।

फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षिय बुद्धि केरुङको गत असोज २० गते दिउसो उपचारको क्रममा मृ त्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति ज्यान गएको थियो । मासु खाएर विरामी भएका ४ जना मध्ये अहिले एक जनाको मेची अंचल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिकाका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुंगानाका अनुसार दशैं मनाउन कारागार भित्र तीन वटा सुगुँर काटेको त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि विरामी परेको हुन् । मासुमात्र खाने अरु विरामी नपरेको उहाँको भनाई छ ।

प्रकाशित भएको : October 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु