
ताजा समाचार । २७ असोज, धनुषा :
जहाज समयमा नआएपछि आक्रोशित एकजना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोड फोड गरेका छन्।
बिहान ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रोशित प्रमोद कुमार साहले काउन्टरमा लात्ती बर्साएका प्रत्यक्षदर्शीले बताएका छन्।
सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा निर्वाचित सांसद साहले जहाज समयमा नआएपछि आफुले आक्रोशमा आएर तोडफोड गर्न पुगेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताए। ‘उहाँले तत्कालै आफुबाट आक्रोशमा गल्ती भएको स्वीकार्नुभयो’, एसपी खनालले भने, ‘गल्ती स्वीकार्दै विमास्थलमै कार्यरत सुरक्षाकर्मीसँग माफी मागिसकेकाले यसबारे थप कुरा भएन।’

सामान्यतया नेपालमा आन्तरिक वायुसेवा प्रदान गर्ने कम्पनीहरुले समयको ख्याल नगरेको गुनासो धेरैपटक सुनिदै आएको छ । यसबारेमा सोधपुछ गर्दा बुद्ध एयरका बजार व्यवस्थापक रुपेश श्रेष्ठ भन्छन् “प्लेन डिले हुनुमा एयरलाइन्सको मात्रै गल्ति हुँदैन । काठमाडौं विमानस्थलमा एउटा मात्रै रनवे हुनु र प्लेनहरु ट्राफिक जाममा पर्नुले गर्दा समयमा नै उठान गर्न नसकिएको हो । “
प्रतिकृया दिनुहोस्