बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कारबाही नभए उडान बन्द गर्ने चेतावनी


 

ताजा समाचार । २७ असोज, काठमाडौं :

जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानूनी कार बाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दो षी लाई तत्काल कार बाही गर्न माग गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदी कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ। आयोनले विज्ञप्ति जारी गर्दै विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद शाहमाथि कार वाही गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । घटनाको निस्पक्ष छानविन गरी दोषी माथि तत्काल कारबाही गर्न आयोनको माग छ ।

उक्त समयावधिभित्र पनि कुनै कारबाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो थियो तोडफोडको विवरण

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै आज जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए उनले बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् । ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले देखेका थिए ।

साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको उनले स्वीकारे । ‘बिहान ११: ३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न सकिनँ र काउन्टरमा रहेको टेबलमा दुई–तिन लात्ती हानेको हुँ,’ उनले भने ।

साहका अनुसार विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो । विमानस्थलको विशिष्ट कक्षमा आइतबारदेखिकै जुठो प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका कारण त्यहाँ बस्ने वातावरण नै नभएको पनि साहको भनाइ छ । विशिष्ट कक्षको अस्तव्यस्तताबारे पटक–पटक विमानस्थलका प्रमुखलाई टेलिफोन गरेर जानकारी गराउँदा समेत सफासुग्घर गर्न कुनै चासो नदेखएको उनले बताए ।

काउन्टरमा लाति हान्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह

‘विमानस्थल परिसरमा गाइबस्तु चरिरहेका थिए । गाइवस्तुका कारण दुर्घटनाको जोखिम हुनेबारे विमानस्थलका प्रमुखलाई जानकारी पनि गराएँ, तर कुनै सुनुवाइ भएन,’ सांसद साहले भने, ‘एयरपोर्टको अस्तव्यस्तबारे टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएँ । कसैले वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ ।’

बुद्ध एयरको काउण्टर तोडफोड गरेको भन्दै सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान चढाउन अस्वीकार गरेको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाए ।

प्रकाशित भएको : October 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु