मुखमा कपडा कोचेर हँसियाले एक महिलाको ज्यान लिने ह त्या रा सार्वजनिक


 


ताजा समाचार । २७ असोज, काठमाडौं :

बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी ह त्या गरिए को छ ।

असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।

घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

बुटवलको ज्योति नगरमा ६६ वर्षीया टिकीसरा गुरुङको ह त्या को अभि योगमा पक्राउ परेका मकवानपुरका राम लामालाई सोमबार सार्वजनिक गर्दै प्रहरी । तस्वीर : निरा गौतम

प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्रा उ गरेको छ । उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको ह त्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट प क्रा उ गरिएको हो । लामाको साथबाट टिकीसराको ह त्यामा प्रयोग भएको हँ सि या, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चो री मु द्दा मा अनुसन्धान भइरहेको छ ।

प्रकाशित भएको : October 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु