महरालाई अदालत पेस गरिँदै, डीएनए परीक्षणको पनि तयारी


 

ताजा समाचार । २८ असोज, काठमाडौं :

बला त्कार प्रयास गरेको अ भि योग मा प क्रा उ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ ।

उच्च रक्तचापलगायतका स्वास्थ्य स म स्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो ।

महरालाई शुरुमा सरकारी वकिलसमक्ष बयानका लागि पेस गरिने र त्यसपछि अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

उता पीडित भनिएकी रोशनी शाहीको कोठामा भेटिएको फुटेको चश्मा, जुत्ताको तलुवा, रक्सीको बोतल तथा गिलासको पहिचान गर्न महराको डीएनए परीक्षण तयारी गरेको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु