
1 year ago
ताजा समाचार । २८ असोज, काठमाडौं :
दशैंको बेलामा लगातार घट्ने क्रममा रहेको सुनको भाउ आज साताको तेस्रो दिन (मंगलबार) बढेको छ ।
सोमबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँ बढेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार ६९ हजार ८ सय प्रतितोला कारोबार भएको तेजावी सुन सोमबार एक रुपैयाँ घटेको थियो ।
आज सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित भएको : October 15th, 2019
प्रतिकृया दिनुहोस्