अचानक कप्तानी पद त्यागे पारस खड्काले


 

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालको निलम्बन फुकुवाको प्रक्रिया अगाडी बढाएको दोस्रो दिन नै कप्तान पारसले कप्तानी छोडेको बताएका छन । नेपाली क्रिकेटका सफल कप्तान पारसको यो निर्णयले क्रिकेट जगत नै चकित परेको छ ।

सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारस विनोद दासपछि नेपाली टिमको नेतृत्व गर्दे आएका थिए ।

उनले पहिलोपटक एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

प्रकाशित भएको : October 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु