तो ड फो ड मा संलग्‍न राजपा सांसद विमानस्थलको भीआईपी कक्षबाटै प क्रा उ


 

ताजा समाचार । २८ असोज, काठमाडौं :

जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तो ड फो डमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह प क्रा उ परेका छन्।

साहलाई महानगरीय अ प रा ध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट प क्रा उ गरेको हो। अब उनलाई जनकपुर नै पठाउने तयारी भैरहेको छ ।

सांसद साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहेका थिए। साहले हिजो सोमबार ११ बजेर २० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि नआएको भन्दै आ क्रो शमा आएर जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तो ड फो ड गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बु द्ध को काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताएका थिए। बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दु र्व्य व हा रमा संलग्न साहमाथि कार वा ही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबारै दिएको थियो । सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापाले निकालेको विज्ञप्तिमा दो षी उ प र सात दिनभित्र कारवाही नभएमा जनकपुर विमानस्थलमा सम्पूर्ण उडान स्थगन गर्ने चे ता व नी दिएका थिए।

प्रकाशित भएको : October 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु