
फाइल तस्विर ।
ताजा समाचार । २९ असोज, काठमाडौं :
साताको चौथो दिन सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा १ सयले घटेको छ।
छापावाल सुन ७० हजार ६ सयमा र तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै‚ चाँदीको मूल्य भने प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज तेजावी सुनको भाउ पनि ओरालो लागेको । मंगलबार ७० हजार ४ सय मा कारोबार भइरहेको तेजावी सुनको मुल्य आज १ सय ले घटेर ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।
आज सुनसँगै चाँदीको भाउ पनि सामान्य रुपमा ओरालो लागेको छ । चाँदी आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस्