
1 year ago
ताजा समाचार । २९ असोज, नुवाकोट :
नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट बालकको मृ त्यु भएको हो । बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको थियो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

बालकको मृ त्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृ त क बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृ त्यु प छि बट्टार बजारको स्थिति तनाव ग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।
प्रकाशित भएको : October 16th, 2019
प्रतिकृया दिनुहोस्