चन्द्रमामा र मंगल ग्रहमा पालुंगो, गोलभेडा र मुला फलाउन सकिने


 

ताजा समाचार । ३० असोज, काठमाडौं :

मंगल ग्रह र चन्द्रमाको वातावरणमा माटो तयार गरेर त्यसमा बाली उमार्ने सफलता पाएको दावी नासाका वै’ज्ञानिक हरुले गरेका छन् । यदी भविष्यमा रातो ग्रह (मंगल) तथा चन्द्रमामा मानव बस्ती बसाइने हो भने उनी हरुका लागि खाद्य पदार्थ उमार्न सकिने उनीहरुको भनाई छ ।

नेदरल्यान्डका भगेनिगेन युनिभर्सिटीका शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमामा उमारिएको बालीको बीऊ पनि प्राप्त गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनीहरुले गोलभेडा, मुला, पालुंगो तथा केराउ लगायका फरक फरक बाली पनि उमारेका छन् । भगेनिंगेन युनिभर्सिटीका विगर भेमलिंकले भनेका छन्,“जब हामीले कृ’त्रिम रुपमा तयार पारिएको मंगल ग्रहको माटोमा उमारिएको पहिलो गोलभेडा रातो भएको देख्यौ, हामी उत्साहित भयौं । यसको अर्थ यो हो कि हामीले निरन्तर कृषि परिस्थिति तन्त्रर्फको कदम अगाडि बढाएका छौ ।’’

तस्विर : नाशाको वेवसाइटबाट ।

शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमाको भूमिको माथिल्लो आवरणमा पाइएको माटोमा सामान्य माटो मिलाएर कृत्रिम रुपमा यस किसिमको वातावरण विकसित गरेका थिए । चन्द्रमामा र मंगल ग्रहमा बाली उमार्ने सफलता पाएको दावी नासाका वैज्ञानिक हरुले गरेका छन् ।

प्रकाशित भएको : October 17th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु