
काठमान्डौ , टेलिभिजन प्र’स्तोता रवि लामिछानेको आ’त्महत्या दु’रुत्साहन मु’द्दा उच्च अ’दालत हेटौंडामा आज बिहीबार सुनुवाइ भएको छ।
जिल्ला अदालत चितवनको आदेश वि’रुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ गर्दै फैसला गरेको हो । उच्च अदालतले विहिबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाई गर्दै ध’राैटी माग गर्ने आदेश सदर गरेकाे छ भने विदेश जान अनुमति लिनुपर्ने कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ताे शर्तहरु भने बदर गर्ने आदेश गरेको छ ।
यो फैसला संगै रबि लामिछाने विदेश जान अनुमति लिनु नपर्ने भएको छ। जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए।
लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरेको थियो । पत्रकार शा’लिकराम पु’डासैनीको आ’त्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए।
जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए। जिल्ला अदालत चितवनले गरेको आदेशमा पु’डासैनी घ’टनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पु’डासैनीको आ’त्मह’त्या दु’रुत्साहन आ’रोपमा पक्राउ परेका थिए। कँडेल ३ लाख धरौटीमा र कार्की साधारण तारेखमा रिहा भएका थिए।
प्रतिकृया दिनुहोस्