महानायक अमिताभ बच्चन अस्पताल भर्ना, लिभर क्यान्सरबाट ग्रसित


 

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।

बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उहाँलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि बच्चनको अस्पतालमै उपचार भैरहेको छ । सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उहाँमा समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उहाँलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो ।

अहिले उहाँको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण अवस्था जुनसुकै समयमा पनि चिन्ताजनक हुने बताइएको छ । अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उहाँलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ । यो भन्दा पहिले पनि यस खालको समस्या हुँदै आएको छ ।

ताजा समाचारमा प्रकाशित अमिताभ बच्चनसँग सम्वन्धित अन्य समाचारहरु

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

महानायक बच्चनलाई के भएको हो ? उनीसँग ४० वर्षदेखि काम गर्दै आएका व्यक्तिले गरे यस्तो खुलासा ।

भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु