दर्जनौं नेता पक्राउ परेपछि आक्रो शित विप्लवले भने : यात्रा रोक्न खोज्नेलाई खरानी बनाउँछौं


 

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिवले नेत्र विक्रम चन्द (विप्लव)ले आफ्नो यात्रामा वाधा बन्न खोज्ने जोकोहीलाई खरानी बनाईने चेता वनी दिएका छन् । आफ्ना दर्जनौं उच्च स्तरका नेताहरु पक्रा उ परेपछि आक्रो शित बनेका विप्लवले विरो धी लाई खरानी बनाईने चेता वनी दिएका हुन् ।

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै विप्लवले सरकारले नेकपाका राप्ती मध्यपश्चिम कमाण्ड इन्चार्ज, राप्ती ब्यूरो इन्चार्ज, रुकुम जिल्ला इन्चार्ज, रोल्पा ब्यूरो इन्चार्जलगायत दर्जन नेताहरु बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको स्थानबाट गिरफ्ता र भएको जनाएका छन् । उनले सरकारी गिर फ्तारको भत्र्स ना गर्दै सरकारी दमनको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

असफलता लुकाउन सरकार फासिवादी बन्दै

नेकपा महासचिव विप्लवले सरकार निरंकुश र फासि वादी बन्दै गएको आ रोप लगाएका छन् । उनले सरकार पूर्ण असफल बन्दै गएपछि आफ्नो कमजोरी लुकाउन नेकपामाथि दमन गरेको बताएका छन् ।

‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध दिन–प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एंव फासीवादी बन्दै गएको छ’, महासविच विप्लवले भनेका छन्, ‘देशलाई लु ट्ने , घा त गर्नेको रक्षा र क्रान्तिकारी एंव जनवादी शक्तिहरुमाथि ह त्या, हिं सा, गिरफ्ता री, दम न लादिरहेको छ ।’

प्रतिबन्धित नेकपाका महासचिव विप्लवले आफुँहरु सबैखालको त्या ग गर्न तयार रहेको भन्दै सरकारी दमनबाट विचलित नहुने बताएका छन् । उनले नेकपाले देशमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने दाबी गरेका छन् । विप्लवले आफ्नो राजनीतिक यात्रालाई दमन गर्न खोज्ने जोकोहीलाई नछाडिने पनि चेतावनी दिएका छन् ।

‘हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरु स्पातिलो बन्दै जानेछौं, हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन, जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ’, विप्लवले भनेका छन् ।

यस्ताे छ विप्लवदृारा हस्ताक्षरित विज्ञप्ती

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु