विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा


जनकपुरमा बुद्ध एयरका स्टेशन म्यानेजरलाई हातपात गर्ने सांसद । (टोपी लगाउने )
 

ताजा समाचार । १ कात्तिक, जनकपुर :

जनकपुर–विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

यसअघि शाह विरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तो ड फो ड गरेको आरोपमा प्रहरीमा उ जु री गरेको थियो ।

सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

मंगलवार साहलाई प्रहरीले त्रिभुवन विमानस्थलको भिआइपी कक्षाबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा परेका शाहलाई अठ्ठासार गरेर विमानबाटै जनकपुर पुर्‍याएको थियो । शाहलाई जनकपुर लगेपछि उनका सर्मथकहरुले विमानस्थलमै नाराबाजी गरेका थियो ।

शाहलाई प्रकाउ गरेपछि राजपका प्रदेश २ का संयोजक तथा प्रमुख सचेतक पारमेश्वर शाह, जनकपुरधामकी उपमेयर रिता झा, प्रदेश सांसद सुरिता साह, पूर्वसांसद दिनेश साह लगायतले बिरगन्ज र जनकपुरमा धर्ना बसेका थिए । उनीहरुले जनकपुरमा रहेको बुद्ध एयरको अफिसमा तालाबन्दी समेत गरेका थिए । तालबान्दी गर्दै उनीहरुले बुद्ध एयर ‘गो ब्याक’ भन्दै नारा समेत लगाएका थिए ।

चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

प्रकाशित भएको : October 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु