आफ्नो भत्ता विद्यालयलाई दिने र सरकारी मोटरसाइकल नलिने दुर्गमका यी युवा वडाध्यक्ष


 

ताजा समाचार । १ कात्तिक, मकवानपुर :

जनप्रति निधिहरुले सरकारी सेवा, सुविधाको दुरुपयोग गर्‍यो भनी आलोचना भइरहेको बेला मकवानपुरका एक वडाध्यक्षले आफ्नो ६ महिनाको भत्ता विद्यालयलाई हस्तान्तरण गरेका छन्।

राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिंग लाल प्रजा (चेपाङ) ले आफ्नो ६ महिना भत्ता बापतको एक लाख २० हजार रुपैयाँ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्रावास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि दिएका छन्।उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम प्रजालाई हस्तान्तरण गरिएको छ। प्रदेश ३ कै विकट उक्त गाउँमा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ।

र यो पनि पढ्नुहोस् : स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता गैरसंवैधानिक, आजैदेखि रोकियो

सिंगलालले चेपाङ समुदाय शिक्षाको कारण पछि परेको र राक्सिराङमा शिक्षाकै कमी का कारण धेरै समस्या रहेको भन्दै उक्त सहयोग गरेको बताए। उनले आफ्नो जीविका सामान्य कृषिबाट नै चल्नै भन्दै राज्यबाट आउने खर्च समाजका लागि लागनी गर्न पाउँदा खुसी लागेको बताए।‘मैले पहिला देखि नै भन्दै आएको छु, हामी जनप्रति निधिहरु तलबका लागि आएका होइनौं’, उनले भने, ‘तैपनि गाह्रो अप्ठ्यारो पर्ला भनेर सरकारले उपलब्ध गराएको सुविधा लिनु पर्दा मन गह्रौँ हुने गरेको छ। ’ उनले यसअघि गाउँपालि काले उपलब्ध गराएको मोटर साइकल सुविधा पनि लिएका थिएनन्। उनले उक्त मोटर साइकल कुनै प्रहरी चौकी वा स्वास्थ्य संस्थाका लागि उपयुक्त हुने बताउँदै सुविधा लिन अस्वीकार गरेका थिए।

प्रकाशित भएको : October 18th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु