श्रृखंला र शिसनले चढे पश्चिम युरोपको अग्लो हिमाल


 

काठमाडौं । युरोपमा रहेकि मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन् । ४ हजार ८ सय १० मिटर रहेको यो हिमान उनले मंगलवार आरोहण गरेकि हुन् । हिमाल आरोहणमा उनी सँगै ब्लगर शिसन बानिया समेत देखिएका छन् ।

नेपालस्थित फ्रान्सेली दूतावासले नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेको जनाएको छ । उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको हो ।

View this post on Instagram

I Sea ? you! ? @jholey_18 #turkishairlines

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

र यो पनि पढ्नुहोस्

टर्कीमा शृङ्खलाको प्रेम छताछुल्ल, प्रेमिसँगको फोटो भाइरल

काठमाडौँ । इन्डोनेसिया पुगेर साम्राज्ञीले प्रेमीसँग खिचाएका हट फोटाको चर्चा सेलाउन नपाउँदै पूर्व मिस नेपाल शृङ्खला खतिवडाको पनि जोडी सामाजिक सञ्जालमा छाउन थालेको छ । सन् २०१८ की मिस नेपाल बनेकी शृङ्खला खतिवडाले टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा छाएको हो ।

टर्कीमा उनले शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु हुन थालेको हो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमसम्बन्ध रहेको विषय चर्चामा आएको हो । शिसनले शृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोका कारण उनी चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिएकी थिइन ।

शृङ्खला खतिवडा प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी पुत्री हुन ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु