अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज


 

मुम्बइ। बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको हो ।

नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन पत्नी जया र छोरा अभिषेक पुगेका थिए ।

अमिताभलाई नानावती अस्पतालमा जहाँ भर्ना गरिएको छ त्यो कुरा र स्थान निकै गोप्य राखिएको थियो । यतिसम्म गोप्य कि कुनै बलिउड सेलिब्रेटीलाई समेत बच्चन अस्पतालमा भर्ना भएको पत्तै भएन । कसैलाई पनि त्यहाँ जान दिइएको थिएन । यसलाई नियमित चेकजाँच बताईको छ तर नियमित चेकजाँच भए आधारातको ३ बजे अस्पताल किन दौडाइयो भन्ने प्रश्न उठेको छ । नानावती अस्पतालले पनि अहिलेसम्म उनको स्वास्थ्यबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

अमिताभ नियमित जाँचको लागि अस्पताल गइरहन्छन् । सन् २०१२ मा सर्जरीका कारण उनी १२ दिन अस्पतालमा रहेका थिए । अमिताभ बच्चनलाई कलेजोको समस्या छ । सन् १९८२ मा फिल्म ‘कुली’को सुटिङका क्रममा अमिताभ गम्भीर घाइते भएका थिए । त्यतिबेला उनको धेरै रगत बगेको थियो । स्थिति यतो थियो कि डाक्टरहरुले उनलाई ‘क्लिनिकली डेड’ घोषित गरेका थिए । धेरै रगत बगेका कारण उनलाई २०० रक्तदाताको रगत जम्मा गरी ६० बोतल रगत चढाइएको थियो । यसबाट उनको ज्यान त बाँच्यो तर यही क्रममा उनी अर्को गम्भीर रोगको शिकार भए ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु