
ताजा समाचार । २ कात्तिक, काठमाडौं :
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मोहम्मद अफताब आलम पक्राउ परेको घटनामा पार्टीले सहजतापूर्वक अनुसन्धानमा सघाउने बताएका छन्।
रौतहट -२ का सांसद आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इटाभट्टामा पोलेर मा रे को आ रो पमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिराखेको छ।
१२ वर्ष पूरानो घटनालाई लिएर आलम पक्राउ गरेको भन्दै शुक्रबार भक्तपुरको बोडेमा सभापति शेरबहादुर देउवाले आलम पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको बताएका थिए।
त्यसपछि देउवाविरूद्ध सामाजिक सञ्जालमा आलोचना भइराखेको छ।
शनिबार दिउँसो ट्वीट गर्दै प्रवक्ता शर्माले घटनाको अनुसन्धानमा सहजतापूर्वक सघाउनु कर्तव्य भएको उल्लेख गरेका छन्।
हाम्रो संघर्ष विधिको शाशन र दबाबमुक्त कानुनी राज्यकालागि थियो,हो र रहनेछ !
अनुसन्धानमा सहजता पुर्वक सघाउनु हाम्रो कर्तव्य हो l स्थापनाकाल देखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न l यहिनै हाम्रो स्थायी धारणा,स्थायी विश्वास र स्थायी बाटोपनि हो l
जय नेपाल ! https://t.co/IRf7fNqsMY
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 19, 2019
‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ,’ शर्माले भनेका छन्, ‘अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो। स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न। यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो।’
प्रतिकृया दिनुहोस्