डेढ अर्बको हेलिकप्टर चढ्ने राष्ट्रपतिलाई म्यानमारमा डेढ लाखको अटोमा सबार !


 

ताजा समाचार । २ कात्तिक, काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यानमरको भ्रमणमा रहेकी छिन् । उनी म्यानमार भ्रमणमा रहेको बेला एक तस्विर सार्वजनिक भएको छ । सार्वजनिक भएको तस्विरमा राष्ट्रपति बिद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवली र राष्ट्रपति यु विन मिन्ट एउटा अटोरिक्सामा चढेको देख्न सकिन्छ ।

म्यान्मार जानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासबाट विमानस्थलसम्म पुग्नको लागि हेलिकोप्टरको प्रयोग गरेकी थिइन् । राष्ट्रपति कार्यालले अफिस समयमा सडकमार्गबाट जादाँ सर्वसाधारणलाई सास्ती हुने भन्दै हेलिकोप्टर चढाएको जनाएपनि राष्ट्रपतिलाई बिदा गर्न भन्दै उपराष्ट्रपति विमानस्थल जानुपर्ने भएकोले १ घन्टा सडक अवरुद्ध पारिएको थियो ।

सामाजिक सञ्जालमा कतिपयले “नेपालमा खर्वको हेलिकप्टर चढेर हिड्ने, १ सय मिटर हिड्न पनि पुरै राजधानिको सडक ठप्प पार्ने हाम्रो राष्ट्रपतिलाई म्यानमार सरकारले अटो चढाइदिएछन्?? किन होला । भन्दै अटो चढेको तस्विर राखिरहेका छन् ।

२ दिन अगाडी म्यानमार जानको लागि २८ जना यात्रुको लागि १५८ सिटे जहाज नै चार्टर गरेको समाचार बिजमाण्डूले लेखेको थियो ।

यसअगाडी सार्वजनिक भएको भण्डारीको कार्यक्रममा उनी विश्वसम्पदा सूचीमा सूचीकृत बगानको अवलोकन गर्ने कार्यक्रम थियो । सोही बगानको अवलोकन गर्ने क्रममा अटोरिक्सामा चढेको अनुमान लगाउन सकिन्छ ।

चप्पलमै स्वागत गरे म्यानमारका राष्ट्रपतिले

राष्ट्रिय समाचार समिति (रासस)मार्फत सार्वजनिक भएको तस्विरमा म्यानमारका राष्ट्रपति यु विन मिन्टले नेपालको राष्ट्रपति र भ्रमण दलका सदस्यहरुलाई स्वागत गरेको देखिन्छ । उक्त तस्विरमा म्यानमारका राष्ट्रपतिले खुट्टामा चप्पल लगाएका छन् । उनको लूगा पनि मौलिक लुगा देखिन्छ । विरलै रुपमा देख्न पाइने घटनामा यो पनि एक घटना भएको नेपालको कुटनितिक वृतमा चर्चा चलेको छ ।

ताजा समाचारमा प्रकाशित यी २ समाचार छुटाउनु भयो कि ?

राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर शीतल निवासबाट विमानस्थलसम्म

राष्ट्रपति हेलिकप्टरमा विमानस्थल गए पनि सडक जाम उस्तै

प्रकाशित भएको : October 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु